काठमाडौं - राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो । राजाप सांसदहरु उठेर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १० मिनेटका बैठक स्थगित गरेको घोषणा गरे । बैठक सुरु हुनासाथ राजपा नेपालका अध्यक्षमण्डलका सदस्य…