काठमाडौ- चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए। प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे। नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ। पूर्वमहामन्त्री सिंहले बैठकमा ‘सुझाब एवं प्रस्ताव’ भन्दै आठ पृष्ठ लामो…