सिरहा- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् सिरहाको कर्जन्हामा कम्युनिष्ट नेता जयगोविन्द साहको २९ औं स्मृतिसभामा नेता श्रेष्ठले सरकार परिवर्तनको हल्ला निराधार रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । केपी ओलीले नै वर्तमान सरकारको पाँच वर्ष नेतृत्व गर्ने उनको भनाइ छ ।…