वाम कार्यदलले काम थाल्योः एकीकृत पार्टी संघीय संरचनाअनुसार

काठमाडौं– एमाले र माओवादी केन्द्रको एकताका लागि गठन भएको वाम कार्यदलले शनिबारदेखि काम थालेको छ। एकीकृत पार्टीको संगठन व्यवस्थापन लगायत विधि तयार गर्न गठित कार्यदलले दुवै दलका विधानको सन्दर्भलाई लिएर एकीकृत मस्यौदा तयार गर्ने निर्णय गरेको छ। कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने छ। एमाले सचिव गोकर्ण विष्टका अनुसार कार्यदलले विधानमा समेट्नुपर्ने विषय र संगठनको स्वरूप…