काठमाडौं - संविधान दिवस काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरी मनाइएको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । समारोहमा राष्ट्रपति,…