राष्ट्रियसभा विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ १३ गते

काठमाडौं- राष्ट्रियसभाका समितिका सभापतिको निर्वाचन भदौ १३ गते बुधबार बिहान ११ बजे हुने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिहिबारको बैठकमा विशेष कारण देखाइ निर्वाचन भदौ १३ गतेलाई सारिएको जानकारी दिएका हुन्। यसअघि समितिका सभापतिहरूको निर्वाचन भदौ ३ गते तोकिएको थियो। राष्ट्रिय सभाको बैठकले गत साउन १७ गते ४ वटा विषयगत समिति गठन गरेको थियो।…