काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई पदबाट हटाएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशिका–४ (अपानि) जारी गर्दै विश्वकर्माको पद खोसेका हुन् । अध्यक्ष नेपालले अपानि जारी गर्दै पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका सबै सदस्यहरूको अन्य पद खोसिएको र जिल्लामा इञ्चार्ज तथा सहइञ्चार्जको जिम्मेवारी दिइएको उल्लेख गरेका…