काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत र चीन भ्रमणको मिति तय भएको छ । अध्यक्ष दाहाल आगामी भदौ २२ देखि २७ सम्म भारत तथा असोज १ देखि साताव्यापी चीन भ्रमणमा जान लागेका हुन् । करिब एक साताकाे फरकमा दुवै देशका लागि भ्रमणकाे मिति तय भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले…