काठमाण्डु – शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादी केन्द्रको जनआधार लगातार ओरालो यात्रामा छ । यतिसम्मकी भर्खरै राजनीतिमा आएका नयाँ दलहरू समेत माओवादीसँग टक्कर लिने अवस्थामा पुगिसकेका २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले देखाइसकेको छ । सशस्त्र द्वन्द्वपछि पहिलोपटक निर्वाचनमा होमिँदा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी २४० मध्ये १२० सिट जितेर पहिलो दल बनेको थियो भने समानुपातिकतर्फ २९.२८…