काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा झारखण्डस्थित प्रसिद्ध धार्मिकस्थल बाबा बैजनाथ धामबाट राजधानी नयाँदिल्ली फिर्ता भएकी छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर र राजदूत डा. शंकरप्रसाद शर्माले उनलाई स्वागत गरे । दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार उनी दिल्लीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।…