नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेसको ध्यानाकर्षण

काठमाण्डु– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा र विधानको रक्षा गर्न माग गरेका हुन् । ज्ञापनपत्रमार्फत नेविसंघका आस्थावान कार्यकर्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघले पुर्‍याएको…