राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ७९औं महासभा र महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण र प्रभावकारी रहेको बताएकी छन् । शुक्रबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ…