काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले निर्वाचनको मिति तोकेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो…