क्रान्तिकारीमा कलिला विद्यार्थीको नेता भइराख्न बुढा विद्यार्थीहरूको लफडा !

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा कुटाकुट भयो । नेतृत्व चयनको चरणमा नपुग्दै कुटाकुट भएको छ । राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र सकिएर बन्दसत्रमा उमेर हद लागू गर्ने विषय उठ्यो । संगठनमा बुढा नेताहरूको हालिमुहाली भएपछि कलिला विद्यार्थीहरूले उमेर हदको विषय उठाएका थिए । बन्दसत्रमा उमेर हदबारे सहमति हुन नसकेपछि निर्वाचनमार्फत नै…