काठमाण्डु – नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन तथा अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने औपचारिक निर्णय गरेको छ । बीपी स्मृति भवनमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा एक्लै लड्नुको सट्टा चुनावी तालमेललाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको रणनीति र उम्मेदवार छनोटका विषयमा केन्द्रित रहेर…