काठमाण्डु – नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि सोमबार हुने भएको छ । सांसद केसीको शपथ सोमबार बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको…