नेकपाका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु

काठमाण्डु-नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आजदेखि सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखीमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि जन्मशताब्दी कार्यक्रम सुरु भएको हो । कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेकोको अवसर पारेर वर्षभरि नै कार्यक्रम गरिदैछ । माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न…