बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् । सोमबार बिहान साझेदार दल एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग छलफल गरेपछि मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने जानकारी प्रदेश सभा सचिवालयलाई गराएका हुन् । नेकपा एमालेले २४ असारमा समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले…