जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक हुँदै शेरबहादुर देउवा

काठमाण्डु– आज (मंगलबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितीमा आजको बैठक बस्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक…