दोहोरो राहदानी र सहकारी ठगीमा संलग्नताबारे लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्न माग गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारी ठगीमा संलग्नताबारे छानबिन गर्न माग गरेको हो । ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको…