आजको दृश्य राम्रो भएन, अर्को निर्णय नभएसम्म सरकारमा बस्छौं : सांसद पाण्डे

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको दृश्य राम्रो नभएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पाण्डेले भने, ‘आजको दृश्य राम्रो भएन । आज विश्वासको मत लिनेजस्तो महत्त्वपूर्ण कुरामा पनि अत्यन्त नमज्जाको खालको वातावरण भयो ।…