रवि लक्षित विश्वप्रकाशको टिप्पणी : राजनीतिक प्रतिशोध भन्नू संसदकै अपमान

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन गरिएको घटनामा प्रहरीले पक्राउ गर्नुलाई राजनीतिक प्रतिशोध भनेमा संसद्कै अपमान हुने बताएका छन् । सामाजिक सञ्जाल एक्समा महामन्त्री शर्माले लेखेका छन्, ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ ‘प्रचलित कानुन बमोजिम कार्वाही गर्नु’ तर प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नू…