गाउँपालिकाले हटाएका कर्मचारीलाई हाजिर गराउन अदालतको अल्पकालीन आदेश

पोखरा – तनहुँको बन्दीपुर गाउँपालिकाले हटाएका कर्मचारीलाई हाजिर गराउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको इजालसले हटाइएका कर्मचारीलाई हाजिर गर्न नरोक्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको छ । भदौ ३१ गतेको कार्यपालिका बैठकले गाउँपालिकामा कार्यरत चौथो सहायक तहका ६ जना र २ जना कार्यालय सहयोगीको…