काठमाण्डु – प्रतिनिधि सभाका २ ठूला राजनीतिक दलको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि आईतबार नयाँ प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेस र एमालेबीच असार १७…