दाङ – लुम्बिनी प्रदेश सभाको आज शुक्रबार बसेको बैठक ५ मिनेटमै स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकमा संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि बैठक स्थगित भएको हो । शुक्रबारको बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र र मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेर सम्बन्धी पत्र पढेर सुनाएका…