काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका निम्ति पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन् । प्रतिष्ठानको १२औँ सभालाई आइतबार सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए । आमनागरिक स्वस्थ नभईकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबै नागरिकलाई…