पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पोखराको सूर्यदर्शन सहकारी पीडितले बचतको सुरक्षणका लागि हारगुहार गरेका छन् । फरार रहेका जीबी (गितेन्द्रबाबू) राई समूहको सूर्यदर्शन सहकारीका पीडितले देउवालाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्की जिल्ला सम्मेलनमा सहभागी हुन मंगलबार पोखरा पुगेका देउवालाई भेटेर सूर्यदर्शन बचत पीडित संघर्ष समितिले ध्यानाकर्षण…