काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमा खिया लाग्दै सबैले हेप्न थालेको गुनासो गरेका छन् । बिहीवार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले देश बनाउनका लागि सबै एकै ठाउँमा उभिएर मिल्नुपर्ने बताए । उनले भने, ‘सबैले हेप्ने, छड्के आँखाले हेर्ने र आफूहरू अपमानित बन्दै गएको स्वाभिमानी नेपाली जनताको अनुभूति छ । हाम्रा बूढापाकाको विचार…