माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी दर्ता

रौतहट – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नम्बर १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् । उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको…