पोखरा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन नसकिँदै सबै राजनीतिक दलले अर्काे चुनावको चिन्ता लिँदा देशको चिन्ता कसले लिने भन्दै प्रश्न गरेका छन् । पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा महामन्त्री शर्माले सबैले चुनावको चिन्ता लिए पनि कांग्रेसले चुनावको चिन्ता लिन नहुने बताए । उनले भने, ‘एमालेले मिसन ८४ भन्दै हिँडेको छ…