विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । आज शनिबार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै…