काठमाण्डु – नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले टिकटक बन्द गरिनु तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्न भएको टिप्पणी गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै सांसद थापाले टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को आजको निर्णय खेदजनक रहेको जनाएका छन् । ‘यसबाट जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड भन्ने नेपाली भनाई व्यवहारतः चरितार्थ गर्न खोजेको प्रष्ट…