काठमाण्डु – नेकपा एमालेका सांसद रघुजी पन्तले देशको इज्जत राष्ट्रपति, प्रधानमन्त्री मन्त्री, सांसद र देशका प्रशासकहरूको भूमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरूले मर्यादा राख्न नसकेको बताए । उनले कमजोर नेतृत्वले देश अगाडि बढ्न नसक्ने बताए । उनले भने, ‘आज यस्तो समाचार छापिएको…