बेइजिङ - चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदैछ । ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा हुने वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापारलगायत विषयमा छलफल गर्ने तयारी छ । त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका…