कोशी प्रदेश सरकार गठनविरुद्वको रिट न्यायाधीश फुयालको इजालसमा

काठमाण्डु - कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको इजालसमा परेको छ । कार्कीले नयाँ सरकार गठन प्रक्रियाविरुद्ध कोशी प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर दायर गरेको रिटको पहिलो पेशी न्यायाधीश फुयालको एकल इजलासमा परेको हो । प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय…