पार्टी फुटाउने चलखेलमा लागेको छैनः झलनाथ खनाल

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन पार्टी पंक्तिलाई आग्रह समेत गरेका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि एकीकृत समाजवादी पनि फुट्न लागेको चर्चा…