खुकुरी प्रहार घटनामा नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटना भएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । आज बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएर यादव घाइते भएपछि नेविसंघले विज्ञप्ति निकालेर गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, ‘देशमा आमनागरिकको जीउ, ज्यानको…