काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पद तथा गोपनियताको शपथ गराएका हुन्। समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो।