काठमाडौं – ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन्। डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सिन्धुलीको खुर्कोट पुगेर ऊर्जामन्त्री पुनले निरीक्षण गरेका हुन्। सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूूर्वकृषिमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसँगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको विस्तृत सर्वे चार महिनाभित्र सम्पन्न हुने जानकारी दिए।…