काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका सडक तथा पुल आयोजनाहरूको निर्माण कार्यमा देखिएको सुस्तताप्रति गम्भीर चासो देखाउँदै जिम्मेवार कर्मचारीहरूलाई कडा निर्देशन जारी गरेको छ । मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले मंगलबार विशेष परिपत्र जारी गर्दै निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउन र तोकिएको समयमा काम नसक्ने निर्माण व्यवसायीमाथि करारीय कारबाही गर्न निर्देशन दिए ।…