आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य कार्यान्वयन भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था भएअनुसार निःशुल्क र अनिवार्य शिक्षाको हक कार्यान्वयन भइरहेको बताएका छन् । आईतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले स्रोतसाधनले भ्याएसम्म भविष्यमा विश्वविद्यालय शिक्षा समेत निःशुल्क गर्न सकिने बताए । उनले नेपालमा मृत्युदण्ड दिने कानून बनाउन नसकिने बताए । नेमकिपा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ…