बाढीमा फसेका बीस जनाको उद्धार

काठमाण्डु- सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुर महेन्द्रनगरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । पुनर्वास नगरपालिका ९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको…