बजेटमा गण्डकीको विमानस्थलदेखि जलविधुत र पर्यटन पूर्वाधारसम्मका योजना समेटिए

काठमाण्डु- आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण पूर्वाधार, ऊर्जा, पर्यटन र यातायात क्षेत्रका योजना समेटिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने घोषणा गरे। बजेटमा एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविधुत आयोजनालाई…