गण्डकी – एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक, अर्कातिर ४ दिन लामो सार्वजनिक बिदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ । लेकसाइडलगायत क्षेत्रका होटल बिहीबारयता पाहुनाले भरिभराउ छन् । होटल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले यसबिच होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको बताए । ‘बिहीबारदेखि आईतबारसम्म बिदा परेका कारण पोखरा घुम्न आउनेको संख्या…