खानेपानी आपूर्तिलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । शनिबार नागार्जुन नगरपालिका–४, ५ र ६ स्थित भैरबटोल सितापाईला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकार नागरिकहरूका स्वच्छ खानेपानीका अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध रहेको बताए ।…