थापाथलीमा खुल्यो सीजी मोटर्सको ‘आयोन’ शोरुम

काठमाण्डु- नेपालका लागि चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले काठमाण्डुको थापाथलीस्थित आफ्नो ‘आयोन’ (AION) शोरुमलाई अत्याधुनिक स्वरूपमा पुनः सञ्चालनमा ल्याएको छ। नयाँ अनुभव (Renewed Experience) को विशेष अवधारणासहित परिमार्जन गरिएको यस शोरुमको सोमबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको हो। अन्तर्राष्ट्रिय स्तरको प्रविधि, प्रिमियम इन्टेरियर र आधुनिक डिजाइनलाई केन्द्रमा राखेर आयोन ब्रान्डका पछिल्ला अत्याधुनिक इलेक्ट्रिक गाडीहरू…