सहकर्मी न्यायाधीशलाई पोखेलको सुझावः मुद्धा फैसला गरेका दिन सामाजिक सञ्जाल नहेर्नु

काठमाण्डू–सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले फैसला वा पैरबीका कारण सामाजिक सञ्जालमा आउने प्रशंसा र विरोधले न्यायाधीशको मनोविज्ञानमा असर पर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा पोखरेलले सार्वजनिक चासोका मुद्दामा फैसला गरेका दिन सामाजिक सञ्जालबाट टाढै रहन सहकर्मी न्यायाधीश र कानून व्यवसायीलाई आग्रह गरे । सार्वजनिक सरोकारको मुद्दामा फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा…