निकुञ्जभित्र च्याउ टिप्न गएका १४ महिला सम्पर्कमा आए

काठमाण्डु– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ जना महिला अन्ततःसम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।…