काठमाण्डु – सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा…