काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ । नेपाल भ्रमणमा रहेको हाउस अफ काउन्सिलर जापानका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री लिगका अध्यक्ष योसुके सुरुहा नेतृत्वको टोलीले सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो । भेटमा २ देशबिचको सम्बन्ध, आपसी हित, संसदीय सहकार्य र सहयोगका विषयमा कुराकानी…