काठमाण्डु– दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले उक्त अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्यैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक…